जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह,

परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह,

अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन्। बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा अर्थमन्त्रीले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन्।

‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला। यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ।’

फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए। ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो। अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो। व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए।

6240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका