जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सिटिजन लाइफले बोलायो साधारण सभा

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सिटिजन लाइफले बोलायो  साधारण सभा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । पुस १७ गतेको सञ्चालक समितिको बैठकले अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धार्णको विषय टुङ्ग्याउनेछ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने विषय पनि सभामार्फत पारित गर्नेछ ।

सञ्चालक नियुक्ती अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तीको विषय समेत सभाले स्वीकृति दिनेछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल विद्युत प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजीबृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका