जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागी रचनात्मक क्राउडसोर्सिङ ‘Pro Version’ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूलमान्यताहरु मा आधारित रहेको छ – #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive – जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ  ।

सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ । 

यस विषयमा थप जानकारीका लागी लक्ष्मी बैंकको वेबसाइट मा हेर्न सक्नुहुनेछ ।

सो प्रतियोगिता लक्ष्मी बैंकको Crowdsouring मा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा ‘My Card Ideas’ र २०२० मा ‘My Mobile Money’ Video Contest मा उत्साहजनक सफलता पाइसकेको छ । बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ । 

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका