जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • बिमा समितिको निर्देशन ‘बिदामा नेपाल मात्र घुम्नु,

बिमा समितिको निर्देशन ‘बिदामा नेपाल मात्र घुम्नु,

बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई आफ्नो वेबसाईटमा अनिवार्य रुपमा भ्रमण बर्ष २०२० को लोगो राख्न निर्देशन दिएको छ । समितिले नेपाल सरकारलको निर्णय अनुसार भ्रमण बर्षलाई सफल पार्नको लागि विभिन्न निर्देशन दिएको हो ।

जस अनुसार समितिले कम्पनीहरुलाई वेबसाइट लोगो राख्न, भ्रमण बर्ष सचिवालयसंग वेबसाइट लिंक गराउन, पत्र र बुलेटिनमा लोगो राख्न निर्देशन दिएको छ । त्यस्तै समितिले कम्पनीहरुले प्रकाशित गर्ने सामग्रीमा भ्रमण वर्षको प्रचार हुने लेख रचनाहरुलाई प्राथमिकता दिन पनि निर्देशनदिएको छ । बिदेश भ्रमण गर्दा वा प्रतिनिधित्व गर्दा भ्रमण बर्षको जानकारी दिन पनि समितिले भनेको छ ।

समितिले नेपालमा हुने अन्तराष्ट्रिय कार्याक्रमहरुमा भ्रमण बर्षको डेक्स राखि भ्रमण बर्ष सम्वन्धि जानकारी गरानुका साथै सम्वन्धीत प्रचार प्रसारका सामग्री प्रदान गर्न पनि निर्देशन दिएको छ । समितिले सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दा प्रर्यटकलाई सहज हुने गरी कार्य गर्न पनि भनेको छ ।

समितिले बिदामा नेपालमा मात्र घुम्न र भ्रमण बर्षको उद्घाटन कार्यक्रममा अनिवार्य उपस्थित हुन् समेत आग्रह गरेको छ ।

6900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका