जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

पोखरा महानगरपालिका वडा नं। २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थानीय शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद पनेरुलाई ती डस्बिन हस्तान्तरण गरेका हुन्।

वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषमार्फत वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाइ कायम गरी उदाहरणीय टोल निर्माणको लागि उक्त सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए।

कार्यक्रममा अध्यक्ष पनेरुले प्रदूषणरहित वातावरण निर्माणका लागि प्राप्त सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले उक्त सहयोगका लागि वित्तीय संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे। संस्थाले यस किसिमका सामाजिक कार्यहरु विभिन्न समयमा गर्दै आइरहेको र आगामी दिनहरुमा समेत निरन्तरता दिने जनाएको छ।

7455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका