जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेञ्चर, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता भएको भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८÷५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो । बैंकले यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्नेछ 

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका