जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफामा छलाङ्ग, १० वाणिज्य बैंक अर्वपछि क्लबमाः कृषि विकास बैंक फेरि घाटामा !

वाणिज्य बैंकहरुको नाफामा छलाङ्ग, १० वाणिज्य बैंक अर्वपछि क्लबमाः कृषि विकास बैंक फेरि घाटामा !

नेपालका २० वाणिज्य बैंकहरुले नाफामा छलाङ्ग नै मारेका छन् भन्दा अब फरक पर्दैन । आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार नाफा आर्जन गरेको भेटिएको छ । भने १० वटा वाणिज्य बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । एउटा सरकारी स्वामित्वको कृषि विकास बैंक यो ४ महिनामा फेरि घाटामा पुगेको छ भन्दा फरक पर्दैन । सधैं राजनीति हुने कृषि विकास बैंकको वित्तिय विवरण लगातार ओरालो लाग्दै गएको छ । भन्दा अब फरक पर्दैन । गभर्नर साब हेक्का होस् । कारण के हो छानवीन होस् । चालु आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले कात्तिक मसान्तसम्म उक्त नाफा आर्जन गरेका हुन् । २० मध्ये १० बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । अर्बपति क्लबमा प्रवेश गर्ने बैंकमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, हिमालयन, एनआईसी एशिया, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट र प्रभु बैंक रहेका छन् । बाँकी बैंकको नाफा अर्बभन्दा कम रहेको भेटिएको छ ।

कृषि विकास बैंक भने नोक्सानमा रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्म २७ करोड ८८ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको भेटिएको छ । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ? नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो पटक नबिल बैंकले ग्लोबल आइएमई बैंकलाई नाफा आर्जनमा उछिनेको छ । नबिल बैंकले २ अर्ब १६ करोड ९६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकले भने १ अर्ब ९४ करोड ६९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको भेटिएको छ ।

नाफा आर्जनमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । राष्ट्र बैंककाअनुसार प्राइम बैंकले १ अर्ब ५३ करोड ४४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख २० हजार रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख ६० हजार, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख ४० हजार, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका छन् । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकका अनुसार स्टयान्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले ८८ करोड ८० लाख ९० हजार, सानिमा बैंकले ७७ करोड ७८ लाख ३० हजार, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख २० हजार, नेपाल बैंकले ६६ करोड ८१ लाख ६० हजार, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यस्तै सिटिजन्स बैंकले ५८ करोड २४ लाख २० हजार, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख ९० हजार, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको भेटिएको छ । सचेत भया ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका