जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • निक्षेप १११ अर्बले बढ्दा ऋण ४३३ अर्बले वृद्धि, विदेशी मुद्राको ऋण सातामै ९ अर्बले घट्यो

निक्षेप १११ अर्बले बढ्दा ऋण ४३३ अर्बले वृद्धि, विदेशी मुद्राको ऋण सातामै ९ अर्बले घट्यो

फागुन लागेपछि पनि बैंकको निक्षेपमा सुधार देखिएको छैन। बैंकहरुको निक्षेप माघ मसान्तको तुलनामा फागुन ६ गतेसम्म १ अर्बले बढेको छ।

ऋण भने एक अर्ब रुपैयाँले घटेको छ। विदेशी मुद्राको निक्षेप २ अर्बले घटेको छ। विदेशी मुद्राको ऋण नौं अर्बले घटेको छ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, चालु आर्थिक बर्ष कुल निक्षेप १११ अर्ब रुपैयाँले बढेको छ। ऋण भने ४३३ अर्बले बढेको छ।

ऋण र निक्षेपको असन्तुलनका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ। अहिले बाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १२ अर्ब र ऋण ४१ खर्ब ५३ अर्ब रुपैयाँ छ। ऋणको बिस्तार उच्च दरले हुँदा कुल निक्षेप भन्दा कुल ऋण १५९ अर्बले मात्र कम छ।

4790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका