जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • प्रभु बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर

प्रभु बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर

प्रभु बैंक लिमिटेडले यस वर्षको १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले पुस १८ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गरेको हो । 

बैंकले पुस ४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जानकारी दिएको छ । त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश बोनस शेयर जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।  

फागुन १२ गते बैंकले १२ प्रतिशत बोनस वापतको शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो । बैंकले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश समेत दिएकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन ।

2740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका