जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको सुझाव: ‘रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज,सरल बनाऔँ’

राष्ट्र बैंकको सुझाव: ‘रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज,सरल बनाऔँ’

नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विभिन्न सुझावहरु दिएको छ । राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने, काठमाडौं उपत्यकाभित्रका सबै सरकारी र सार्वजनिक कार्यालय सञ्चालन हुने समय एक घण्टा थपेर हप्ताको पाँच दिन मात्रै खुलाउने, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा भन्सारसहितका कर बढाएर आयातमा निरुत्साहित गर्ने र विद्यमान अवस्था सुधार नभएसम्मका लागि कम्तीमा आउँदो असारसम्म आयातमा पूर्ण रोक लगाउन सुझाव दिएको छ ।

यस्तै आयल निगमले आयात गर्दै आएको पेट्रोलियम पदार्थको आयातलाई मासिक १२ देखि १३ अर्ब रुपैयाँमै सीमित गर्नुपर्ने, विद्युतको घरेलु उपयोग बढाउन महसुल घटाउने र विद्युतीय चुल्हो र उपकरण आयातमा सहुलियत दिएर एलपी ग्यासमा दिँदै आएको अनुदान हटाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।

यस्तै अत्यावश्यकबाहेकका वस्तु आयातका लागि कर्जा नदिने, उच्च मूल्यका टीभी, मोबाइल, रक्सी लगायतको आयातलाई भन्सार शुल्क बढाएर निरुत्साहित गर्ने, पर्यटकको भिसा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था मिलाउने, विगतमा स्थगित भएको नेपाल भ्रमण वर्षका गतिविधि बढाउने, रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज र सरल बनाउने लगायतका सुझाव राष्ट्र बैंकले दिएको छ 

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?