नबिल बैंक लिमिटेडको सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुाजी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब पुग्ने छ ।
त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ४५ अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।
नेपालको बैंकिङ्मा सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।
यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ । एनबी बैंकको साधारणसभाले समेत नबिलमा गाभिनको लागि स्वीकृति दिएको छ ।
यसैबीच नेपाल बङ्गलादेश बैंक लिमिटेडको शनिबार सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडसँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकन कर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात चैत्र मसान्तको वित्तीय विवरण अनुसार नबिल बैंकको चुक्ता पूँजी रू.२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ पुग्नेछ ।
प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धिभई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुदमुनाफा रू.४ अर्ब ४६ करोड हुनेछ । नेपालको बैंकिङमा सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात वाणिज्य बैंकहरुमध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, तथा कुल नाफालगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।
यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थपशाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।