बीमा
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
नयाँ आर्थिक बर्ष शुरु भएसँगै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । यूनियनमा आवद्ध भइ प्रदेश १ मा क्रियाशिल यूनियन लाइफ स्टार एजेन्सी टिमले अभिकर्ताहरुको क्षमता विकास साथै सम्मान गरेको हो ।
बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्ड सिटीमा आयोजित कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्न सफल २ दर्जनबढी अभिकर्ताहरुलाई सम्मान गरिएको टिमका संयोजक तथा यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी दिए ।
टिममा २५ लाख बढी व्यवसाय गर्न सफल कोपिला चौहान, सागर रिजाल, शिव खनाल र मेनुका तिवारी सम्मानित भएका थिए । त्यस्तै पचास लाख बढी व्यवसाय गर्ने एजेन्सी मेनेजर राजु पाठक, ७५ लाख बढी व्यवसाय गर्न सफल एजेन्सी मेनेजरद्वय सार्जन पाहिम र दिपक तुम्बापो साथै एक करोड बढी व्यवसाय गर्न सफल सिनियर एजेन्सी मेनेजर पुष्प खड्कालाई कम्पनीका सिनियर एजेन्सी मेनेजर तथा टिम लिडर खिवराज दाहालले सम्मान गरेका हुन् ।
असार महिनामा प्रदेश १ मै उत्कृष्ट ब्यवसाय गर्न सफल बिर्तामोड शाखाका शाखा प्रमुख बद्री भण्डारीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा टिम लिडर दाहालले सहभागी अभिकर्ताहरुलाई बीमा किन र कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले जीवन विमा अत्यन्त आवश्यक भएको बताउँदै पालिकाले अति विपन्न नागरिकको निःशुल्क बीमा गर्ने निर्णय गरेको बताइन । उनले बीमा नागरिकको रक्षावरणका लागि आवश्यक भएको बताउँदै नगरबासीलाई बीमाको पहुँचमा ल्याउन आवश्यक सहयोग गर्ने बताइन् ।
कार्यक्रममा एम्नेष्टि इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष तथा शिक्षासेवी हेमकुमार खड्का लगायत यूनियन लाइफका विभिन्न शाखामा कार्यरत प्रमुखहरुका साथै दर्जनौँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।