जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘एलएलबीएल डिभेन्चर २०८९’ नामक ऋणपत्र जारीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। ऋणपत्र जारी गर्न बैंक गत असार ३० गते बोर्ड पुगेको थियो।

बोर्डबाट निष्कासन अनुमति पाएपछि बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ।

जसमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गरिने छ भने बाँकी रहेको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ।
वार्षिक ११ प्रतिशत ब्याजदर भएको सो ऋणपत्र बैंकले १० वर्षका लागि जारी गर्न लागेको जनाएको छ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?