जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने, २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृकति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।

8985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?