जोडिनुहोस
आइतवार, बैशाख ७, २०८२
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • डलर कार्डबाट जुवादेखि बीमा शुल्कसम्म तिर्न राष्ट्र बैंकको रोक

डलर कार्डबाट जुवादेखि बीमा शुल्कसम्म तिर्न राष्ट्र बैंकको रोक

नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत भुक्तानीमा सर्त राखेको छ। राष्ट्र बैंकले १८ वटा वस्तु तथा सेवा खरिदमा डलर कार्ड प्रयोग गर्न नपाइने शर्त राखेको छ।

अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकले ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो। यसमा राष्ट्र बैंकको विभिन्न १६ वटा शर्तहरु थिए।

डलर कार्डबाट चाहिने/नचाहिने वस्तु तथा सेवा खरिद हुन थालेपछि उसले केही शर्तहरु थप गरेको हो। राष्ट्र बैंकले मर्चेन्ट क्याटोगोरी कोड भित्रका १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गरेर भुक्तानी नगर्न भनेको हो।

मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल/डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) लाई कार्डमार्फत भुक्तानी गर्न नपाइने भएको छ।

2330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका