जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आइएमई ट्राभल्सको वार्षिकोत्सव अफर

आइएमई ट्राभल्सको वार्षिकोत्सव अफर

आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनौट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्येबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइनेछ ।

यो योजना यहीं फेब्रुअरी, मार्च र अप्रिलभर लागू हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव मंगलबार लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको छ ।

आइएमई ट्राभलले पर्यटन क्षेत्रको समग्र बिकासका लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीहरुलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।

आन्तरिक पर्यटनको प्रवद्र्घन र बिकासका लागि विभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ आगामी दिनमा अगाडि बढ्ने आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले प्रतिबद्धता जनाएका कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

8880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका