जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकद्वारा पाथीभरामा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड प्रदान

सनराइज बैंकद्वारा पाथीभरामा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड प्रदान

सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका हुन् ।

बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो । बैंकका अनुसार भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन् । मन्दिर पुग्नको लागि करिब ५/६ घण्टाको उकालो हिड्नु पर्ने हुन्छ । उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पुऱ्याउने उद्देश्य साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकमार नेपालले बताए ।

साथै मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड (Scrolling board) पनि हस्तान्तसण गरिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल स्क्रोलिङ बोर्ड (Scrolling board) पाथीभरा मन्दिर, चारआली, मेचीनगर १३, झापामा समेत उपलब्ध गराएको उल्लेख गरेको छ ।

3755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका