इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौता सँगै युएईमा स्थायी रुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले, इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स (युएइ) स्थित युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सकिने कम्पनीले जनाएको छ ।
इमिरेट्स इण्डिया मार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ, जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै रकम पठाउन सकिनेछ । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निक भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुनेछ ।
हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् ।
इमिरेट्स इण्डिया मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ । जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ । साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप २ सय रुपैयाँ बोनस समेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका थिए ।
इमिरेट्स इण्डियासंगको रेमिट्यान्स सम्झौताबारे सिइओ कोइरालाले भने, “युएइ नेपालीहरुको प्रमुख रोजगार गन्तब्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिला देखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसंग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ । साथै, अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौँ”।