जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

मुक्तिनाथ कृषि कम्पनीले आज कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो। गत असोज २८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारितबमोजिम कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः०.५५ अनुपातमा हकप्रद जारी गरेको हो।

हकप्रद सेयर खरिद गर्न कम्पनीले सेयरधनीहरुलाई कम्पनीको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ। हकप्रद सेयर आउँदो मंसिर २९ गतेसम्म बिक्री खुला रहने पनि कम्पनीले जनाएको छ।

कम्पनीको हाल ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। हकप्रद बिक्रीपछि चुक्तापुँजी ५६ करोड रुपैयाँ पुगनेछ।

3560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?