जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

कमर्शियल बैंकहरुले मङ्सिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स एशोसियसन (एनबिए) को आज मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो।

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिंदै मङ्सिर महिनामा ब्याज नबढाउने निर्णय गरेको नेपाल बैंकर्स एशोसियसन (एनबिए) का वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका सुनिल केसीले बिजपाटीलाई बताए। बढ्दो ब्याज बिरुद्द उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरीएपनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। साधारण बचत खातामा १०.३३३ प्रतिशत ब्याज तोकिएको छ।

प्रत्येक तीन महिनामा परिवर्तन भएको आधार दर लागू हुने भएकाले बैंकहरुले गत असोज महिनामा पछिल्लो ७ महिनादेखि स्थिर रहेको ब्याज बढाएका थिए। आधार दर बढ्नेगरि क्वाटर इन्ड अगाडीको महिनामा ब्याज बढाउने प्रवृतिलाई लिएर बैंकहरुप्रति आलोचना हुने गरेको छ। अहिलेपनि बैंकहरुले मंसिरमा लागू हुनेगरि कात्तिकमा ब्याज नबढाएपनि पुषदेखि लागु हुनेगरि मङ्सिरमा बढाउँन सक्नेछन्।

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका