जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मेगा बैंकको साधारणसभाबाट नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अनुमति

मेगा बैंकको साधारणसभाबाट नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अनुमति

मेगा बैंक नेपाल लिमिटेडको वर्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई साधारणसभाले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक आपसमा गाभिएपछि संयुक्त कारोबार गर्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।

साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका