जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन एमाले सहमत

पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन एमाले सहमत

बालकोट बैठकले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई दिने सहमति गरेको छ। कांग्रेससहितको पाँच दलीय गठबन्धन तोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका दाहाललाई प्रधानमन्त्री दिने सहमति बनेको हो।

दाहाल साढे २ वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने छ।

एमाले नेता शंकर पोखरेलका अनुसार नयाँ बन्ने सरकारमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन्।

बहुमत सदस्य सहितको सरकार बनाउन सरकार १३८ सिट चाहिन्छ। नयाँ गठबन्धनसँग १६६ सिट संख्या रहेको पोखरेलले जानकारी दिए।

अहिलेलाई एमालेले राष्ट्रपति पाउने छ। शक्ति बाँडफाँटको अन्य विषयहरु बारे पछि निर्णय गरिने बताइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई प्रधानमन्त्री नदिने भनेपछि उनी गठबन्धन बैठक छोडेर ओली निवास बालकोट पुगेका थिए। त्यहीँ उनले सहमति गरेका हुन्।

4565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्