जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ब्याज बढाएकै दिन बैंकहरुले दुई शीर्षकमा १० अर्ब ९ करोड उठाए, दुई महिनामा ३५२ अर्ब एसएलएफ

ब्याज बढाएकै दिन बैंकहरुले दुई शीर्षकमा १० अर्ब ९ करोड उठाए, दुई महिनामा ३५२ अर्ब एसएलएफ

ब्याज दर बृद्धि गरेका दिन बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका छन्। यो राष्ट्र बैंकसँग दुई वटा शीर्षकमा चलाएको सापटी हो।

बैकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत बिहीबार ७ अर्ब ८९ अर्ब रुपैयाँ चलाएका छन् भने ओभरनाइट रिपो मार्फत २ अर्ब २० करोड ७५ लाख रुपैयाँ लगाएका छन्।

बैंकहरुले एसएलएप ५ पटक चलाए भने ओभरनाइट रिपो पनि छ पटक नै चलाएका छन। बिहीबार अन्तर बैंक सापटी ४.९७  प्रतिशत पुगेको थियो।

बैंकले चालु बर्ष अर्थात पछिल्लो दुई महिनामा एसएलएफ १७२ पटक गरेर ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ चलाइसकेका छन्। ओभरनाइट रिपो भने २१ अर्ब १४ करोड ९३ लाख रुपैयाँ चलाएका छन्। 

ओभरनाइट रिपोको ब्याज दर साढे तीन प्रतिशत हुन्छ भने एसएलएफको पाँच प्रतिशत। एसएलएफ सात दिन अवधिको हुन्छ।

7300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका