जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बिओकेलाई गाभेर ग्लोबल आइएमइले पुस २५ बाट एकीकृत कारोबार थाल्ने

बिओकेलाई गाभेर ग्लोबल आइएमइले पुस २५ बाट एकीकृत कारोबार थाल्ने

ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू (बिओके) लाई गाभेर पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो।
एकीकृत कारोबार ‘ग्लोबल आइएमइ बैंक’ को नामबाट हुने छ। मर्जरको सम्झौता गर्दा नाम ग्लोबल आइएमइ बिओके तय गरिएको थियो।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो।

२०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ। अब पुस २५ गते एकीकृत कारोबार हुने भएको हो।

4420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका