जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले हिमालयन लाइफका अभिकर्तालाई दियो वित्तीय साक्षरता तालिम

माछापुच्छ्रे बैंकले हिमालयन लाइफका अभिकर्तालाई दियो वित्तीय साक्षरता तालिम

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । ट्रष्ट टीम नेपालको परिकल्पना र माछापुच्छ्रे बैंक बिर्तामोड शाखासँगको सहकार्यमा कक्षा संचालन गरिएको हो ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका बिर्तामोड शाखा प्रमुख हिमाल रिजाल र क्रेडिट अफिसर मनिष अधिकारीले सहजीकरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोगको साथै कमाई वृद्धिका लागि के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।

सहजकर्ता रिजालले बचतको आवश्यकताबारे प्रष्ट्याउँदै बैंकमार्फत कारोबार गर्दा हुने फाइदाको बिषयमा जानकारी गराएका थिए । उनले बैंकमा गलत ब्यक्तिले गर्ने अनाधिकृत गतिविधिबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे बुझाएका थिए ।

शाखा प्रमुख रिजालले माछापुच्छ्रे बैंकको सेवा सुबिधाको बारेमा समेत जानकारी गराएका थिए । त्यस्तै अर्का सहजकर्ता क्रेडिट अफिसर मनिष अधिकारीले शेयर बजार, एसआइपी प्लान लगायतमा लगानी गर्दा कस्तो प्रतिफल लिन सकिन्छ भन्नेबारे जानकारी दिएका थिए ।

हिमालयन लाइफका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले अभिकर्ता लगायत सबै सहभागीहरुले कार्यक्रमबाट लाभ लिएको भन्दै सहजकर्ता तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

ट्रष्ट टीम नेपालका संयोजकसमेत रहेका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालको संयोजकत्वमा भएको कार्यक्रम ट्रष्ट टीमका बोर्ड सदस्य तथा एजेन्सी मेनेजर सागर रिजालले संचालन गरेका थिए ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका