जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।

बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका वडा नं ३ स्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्यांकी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो।
त्यसैगरी बैंकको मैतीदेवी शाखाद्वारा काठमाण्डौ महानगरपालिका वडा नं ३० स्थित मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। बैंकले मन्दिरवरपरको बाटो अस्तव्यस्त हुने गरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको हो।

यसैगरी बैंकको पुतलिसडक शाखाद्वारा काठमाण्डौ महानगरपालिका वडा नं २८ स्थित झिगु इच्छुमती पार्कका लागि ६ थान कुर्सी हस्तान्तरण गरिएको छ। इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरुलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।