जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा शुसासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको छ ।

सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले , यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन साहयोग पुग्ने बैंकले विश्वास लिएकोे छ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका