जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्दै

एनएमबि बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्दै

एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागेको हो बैंकले ‘एनएमबि डिबेञ्चर १०.७५% २०८९/२०९०’ नामको ऋणपत्र जारी गर्दैछ। बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

१० बर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ। बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यसमभित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?