जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको संचालक समितिको वैशाख २७ गते बसेको बैठकले सीइओमा नियुक्ति सिफारिस गर्दै स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो।

प्राधिकरणले जेठ ५ गते श्रेष्ठको नियुक्तिमा स्वीकृति दिएको थियो। सीइओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका छन्।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनले श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
मर्ज भएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए।

3765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका