जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफको नाफा ६ करोड ६८ लाख रुपैयाँ

महालक्ष्मी लाइफको नाफा ६ करोड ६८ लाख रुपैयाँ

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९९.५१ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन सँगै जारी भएको बीमालेखको संख्या पनि १६२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

जीवन बीमा  व्यवसाय विस्तार सँगै यस वर्ष दाबी भुक्तानी पनि बढेको छ । गत वर्षको यहि अवधिमा तीन वटा पोलिसीमा मात्रै दाबी परेकोमा यस वर्ष ७ वटा पोलिसीको मृत्यु दाबी भुक्तानी गर्नु परेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो जीवन बीमा कोष १७१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष एक अर्ब ३३ करोड रुपैयाँको भएको छ । गत वर्ष यस्तो कोषमा ४९ करोड १९ लाख रुपैयाँ जम्मा भएको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा मात्रै २ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा कर्जा लगानी गरे बापत ७ करोड १८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका