जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन पूर्व गभर्नर थापाको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन पूर्व गभर्नर थापाको सुझाव

पूर्व गभर्नर गणेशबहदुर थापाले सहुलियत दिने गरी आगामी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन्। गभर्नर महाप्रसाद अधिकारी उपस्थित कार्यक्रममा बोल्दै उनले मन्दीले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन आवश्यक रहेको बताएका हुन्।

नेपाल व्यवस्थापन संघद्वारा आयोजित आगामी मौद्रिक समीक्षा बारे छलफल कार्यक्रममा बोल्दै उनले मन्दीले गर्दा मागमा ह्रास आएको बताए।

उनले राष्ट्र बैंकले ब्याजदर घटाउन थप प्रभावकारी नीति लिनुपर्ने बताए। यसले सेयर बजार पनि तरंगित हुने उनको बुझाइ छ।

अहिलेको समस्या तरलता नभएको बरु कर्जाको माग नै नभएको भन्दै उनले पर्याप्त सहुलियत प्याकेज सहितको मौद्रिक नीति तर्जुमा गर्न आग्रह गरे। समस्याग्रस्त क्षेत्रको पहिचान गरी यस्ता क्षेत्रमा सहुलियत दिनुपर्ने उनले बताए।

 

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।