जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ब्याजदर करिडोर अनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयोः गभर्नर

ब्याजदर करिडोर अनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयोः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता बढेर अन्तर बैंक ब्याज दर एकैदिन एक प्रतिशतसम्मले घटेको बताएका छन् । मौद्रिक नीति सम्बन्धी सुझाव दिन आएका लगानीकर्ताको भेटमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘यस्तो भएको मैले विरलै देखेको छु, अब त ब्याज दर करिडोर अनुसार बजारबाट पैसा तान्नु पर्ने पो अबस्था आयो। बजारमा अधिक तरलता भयो भने त्यसलाई तान्नुपर्ने नियमै छ ।’

केही दिन अघि ७ प्रतिशतमाथि रहेको अन्तर बैंक ब्याजदर केही दिनको अन्तरालमा ३ प्रतिशतसम्मले तल आएर ४ प्रतिशतको विन्दु हाराहारी आएको छ भने बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत हाराहारीमा झरेको छ । अन्तर बैंक ब्याज दर ३ प्रतिशतमा झर्यो भने अधिक तरलता भएको मानिन्छ ।

सरकारले निर्माण ब्यवसायीहरुलाई दिनुपर्ने भुक्तानीको क्रम बढ्दै गएको तर बैंक तथा बित्तीय संस्थाहरुमा ठूला कर्जाको माग नभएपछि रकम थुप्रिने क्रम बढेको छ ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका