जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • भविष्य उन्मुख डिजाइनमा आयोनीक ५, नेपालमा भयो विक्री सुरु

भविष्य उन्मुख डिजाइनमा आयोनीक ५, नेपालमा भयो विक्री सुरु

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, यूनीक र डाइनामीक डिजाइनमा यसलाई तयार गरिएको छ ।

हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बनेको हो । आयोनीक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै शोरुम संचालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले विक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ ।

इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्न सफल हुने हामीले विश्वास लिएका छौं । कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तैयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफल भएको छ ।

6580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका