जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ असार ३१ देखि

सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ असार ३१ देखि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता शेयर छुट्याएको छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ६२ करोड ५० लाख रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड पुग्ने छ ।

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका