जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवा स्तरोन्नती

गरिमा विकास बैंकको विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवा स्तरोन्नती

गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवालाई स्तरोन्नती गरेको छ । कम्पनीले हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका व्यक्तिहरुलाई नेपालस्थित आफ्नो बैंक खातामा पहुँच पुर्याउने उद्धेष्यले मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको हो ।

कम्पनीले आफ्नो खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थामा आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको बताएको छ ।

अब विदेशमा बसेर मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले कम्पनीले तोके बमोजिमका कागजातहरु पुरा गरेर यो सेवा लिन सक्नेछन् ।
साथै, कम्पनीले कहिल्यै पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटीपि आदि) नमाग्ने भन्दै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नदिन पनि अनुरोध गरेको छ ।

2470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?