जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गाभिए लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल, चुक्ता पुँजी ४८ करोड पुग्यो

गाभिए लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल, चुक्ता पुँजी ४८ करोड पुग्यो

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मर्जर भएका छन्। बिहीबार दुई क्यापिटलबीच गाभिने सम्झौता भएको हो।

एकीकृत संस्थाले लक्ष्मी क्यापिटल मार्केटको नामबाट कारोबार संचालन गर्नेछ। संयुक्त चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुगेको छ।

बैंकहरु एकआपसमा गाभिएपछि सहायक कम्पनीहरुबीच पनि मर्जर भएको हो। गत असार २८ गते लक्ष्मी बैंकले सनराइज बैंकलाई गाभेको हो। लक्ष्मीले बराबरी हैसियतमै सनराइजलाई गाभेको थियो।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका हुन्।

3790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका