जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • इन्धनमा स्वचालित मूल्य प्रणाली लागू: घट्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू: घट्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ ।

आइतबार बसेको निगम संचालक समितिको बैठकको निर्णयानुसार आजै राती १२ बजेदेखि लागू हुनेगरि स्वाचालित मूल्य प्रणाली लागू हुने भएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार अब डिलेमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण हुने निगमले जनाएको छ । यद्यपि, खाना पकाउने ग्यासको मूल्यमा भने नाफा नराख्ने निगमको भनाई छ ।

निगमले आजै राती १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगमका अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ र पट्रोलको भाउ प्रतिलिटर ६ रुपैयाँले घटेको हो । यस्तै खाना पकाउने ग्यासको मूल्य १० रुपैयाँले घटाउने निगमको निर्णय छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । यस्तै, ग्यासको मूल्य भने अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्ने भएको छ ।

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका