जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डिजिटल इन्स्योरेन्स पोलिसी मार्गदर्शन लागू गर्दै प्राधिकरण

डिजिटल इन्स्योरेन्स पोलिसी मार्गदर्शन लागू गर्दै प्राधिकरण

बीमा कारोबारलाई डिजिटलाइज्ड गर्न नियामक निकाय नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी मार्गदर्शन लागू गर्ने भएको छ।

प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी मार्गदर्शन, २०८० को मस्यौदा तयार पारेर सुझाव माग गरेको छ। प्राधिकरणले मार्गदर्शन लागू गर्नका लागि फागुन २ गते भित्र सुझाव पेस गर्न सरोकारवालासँग आह्‍वान गरेको छ।

बीमा प्रडक्ट डिजिटल माध्यमबाट बेच्न र खरिद गर्नको लागि प्राधिकरणले मार्गदर्शन जारी गर्न लागेको हो। मार्गदर्शन अनुसार जीवन, निर्जीवन बीमा कम्पनीले डिजिटल माध्यमबाट बीमा पोलिसी जारी गर्दा सोही माध्यममा बीमितको केवाइसी राख्नुपर्नेछ।

दाबी भुक्तानी, बीमितको डेटा सेक्युरिटी लगायतका विषयहरु पनि कम्पनीले पालना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ।

2735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका