जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नागरिक लगानी कोषले २५% बोनस पारित गर्दै, चुक्ता पुँजी ५ अर्ब ३१ करोड पुग्ने

नागरिक लगानी कोषले २५% बोनस पारित गर्दै, चुक्ता पुँजी ५ अर्ब ३१ करोड पुग्ने

मन्त्रीपरिषद्ले लाभांश स्वीकृत गरेलगत्तै नागरिक लगानी कोषले वार्षिक साधारण सभा डाकको छ। कम्पनीले आगामी असार ३१ गतेका साधारणसभा बोलाएको हो। कोषले आफ्नै भवनमा सभा आयोजना गर्नेछ।

मन्त्रीपरिषद्ले गत मंगलबार कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो। सोहि अनुसार कम्पनीले सभामार्फत् २५ प्रतिशत बोनस सेयर पारित गराउँदैछ। चुक्ता पुँजी बढेर ५ अर्ब ३१ करोड पुग्नेछ।

अहिले कम्पनीको चुक्ता पुँजी ४ अर्ब २५ करोड छ। नागरिक लगानी कोषमा सरकारको २३.३४ प्रतिशत लगानी छ। आम सर्वसाधरणको २० प्रतिशत हो।

यसबाहेक कर प्रयोजनलाई १.३२ प्रतिशत नगद पनि सभाले अनुमोदन गर्नेछ। बाँकी नियमित प्रस्तावहरु छन्। कम्पनीले असार १९ गते बुक क्लोज गर्ने जनाएको छ।

 

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका