जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कहाँ जान्छ जुवाको खालबाट समातिएको लाखौँ नगद

कहाँ जान्छ जुवाको खालबाट समातिएको लाखौँ नगद

नेपाल प्रहरीले देशका बिभिन्न ठाउँका जुवाको खालबाट एकै दिन १०३ जनालाई पक्राउ गर्यो। उनीहरुबाट दशौँ लाख नगद तथा जिन्सी बरामद गर्यो। त्यस्तै बाँसबारीको एक घरबाट २५ जना जुवाडे र २ करोड ६७ लाख नगद रकम बरामद गर्यो।

गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा दैनिकजसो जुवाको खालबाट नगद र जिन्सी सहित पक्राउ परिरहेका छन।

प्रहरीले यसरि समातेको मान्छे कानुनि प्रकृया पुरा गरेपछि छुट्लान तर समातिएको नगद र जिन्सी के हुन्छ भन्नेमा धेरैको चाँसो रहेको देखिन्छ।     जुवा खालबाट बरामद भएको रकम र जुवा खेल्न वा खेलाउन प्रयोग भएका सबै सामानहरु जफत गरी राज्यको ढुकुटीमा लैजाने कानुनी व्यवस्था  छ।

मुलुकी अपराधसंहिता २०७४ ले जुवा खेल्ने र खेलाउनेलाई गर्ने कानुनी कारवाही, दण्ड सजाय आदिबारे स्पष्ट पारेको छ।  मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ ले जुवा खेले वा सट्टेबाजी गरेमा त्यो अपराध हुने भनेको छ।  यहि दफाको उपदफा २ मा यदि जुवा खेले वा खेलाएमा गरिने सजायको व्यवस्था गरेको छ।

३ महिनासम्म कैद, ३० हजार जरिवाना

उपदफा २ को कमा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ। त्यसैगरी यदि कोही व्यक्ति दोस्रोपटक जुवा खालबाट पक्राउ परेको छ भने एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप ३ महिनासमम कैद र थप १० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ।

कहाँ जान्छ बरामद रकम र जिन्सी सामान ?

मुलुकी अपराध संहिता २०७४ को दफा २५ को उपदफा ३ मा जुवा खालमा समातिएको सम्पूर्ण चल अचल सम्पत्ति जफत हुने कुरा उल्लेख छ । यद्दपी जुवा खेल्न प्रयोग भएका घर, कोठा र सवारीसाधन भने बरामद नहुने स्पष्ट छ। यस आधारमा कानुनी व्यवस्थाअनुसार नेपाल प्रहरीले जुवाको खालबाट बरामद गरेको नगद र जिन्सी सरकारी राजश्वमा जम्मा हुनेछ।

7250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका