जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आश्विनस् मेडिकल कलेज एण्ड हस्पिटल प्रा. लि. का नामबाट दर्ता भएको नेपाल मेडिसिटी बीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गर्नुु भएको छ । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

11470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका