जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गत वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद

गत वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद

आर्थिक वर्ष २०७९/८० बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाईएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरै भएको हो। आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको संख्या २ हजार ७ सय ८० मात्र थियो ।

५ हजार ९ सय ३५ कारोबार मध्ये वाणिज्य बैंकले जानकारी गराएको कारोबार संख्या ५ हजार १ सय ८७ रहेको छ । त्यस्तै विकास बैंक २५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्त, २८ वटा, रेमिटेन्स कम्पनीले १४६ वटा , सहकारीले एउटा, सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् ।

राष्ट्र बैंकका अनुसार असार महिनामा सबैभन्दा धेरै शंकास्पद कारोबार भएका विवरण आएका छन् । असारमा ७४५ वटा, चैत्रमा ७४१ वटा र जेठमा ७४० वटा कारोबार भएको पाइएको छ ।

त्यस्तै थ्रेसहोल्ड अर्थात् राष्ट्र बैंकले तोकेको अधिकतम सीमा वा सो भन्दा बढी रकमको कारोबार गरेको विवरण भने झन्डै १७ लाख पटक रहेको छ । थ्रेसहोल्ड लेभलमा १६ लाख ९८ हजार ३ सय ९८ पटक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । जस मध्ये वाणिज्य बैंक मार्फत सबैभन्दा धेरै ११ लाख ७५ हजार २१ पटक कारोबार भएको छ ।

585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका