जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • रास्वपा महामन्त्री ढकालको प्रस्ताव- पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं

रास्वपा महामन्त्री ढकालको प्रस्ताव- पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको प्रस्ताव पार्टीका सबै केन्द्रीय सदस्यले अस्वीकार गरेका छन्। उनले आफ्नो प्रतिवेदन प्रत्यक्ष प्रसारण गर्ने गरी प्रस्तुत गर्न राखेको प्रस्ताव सभापति रवि लामिछाने बाहेक सबै केन्द्रीय सदस्यले अस्वीकार गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

‘महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो। तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो, ‘त्यसको विरोधस्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो।’

महामन्त्री ढकालको प्रतिवेदन उनको उपस्थितिमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी वाचन गरेका छन्। प्रतिवेदनमा पार्टीलाई रविको नभइ १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने भनिएको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन,’ प्रतिवेदनमा भनिएको छ।

ढकालले यसका लागि २ साताको तयारी गर्न प्रस्ताव गरेका छन्। सभापति र उपसभापति बाहेकका केन्द्रीय सदस्यले २ साता गुप्तबास बसेर आगामी बाटो तय गर्नुपर्ने उनको प्रस्ताव छ।

प्रतिवेदनमाथि अहिले केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखिरहेका छन्।

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?