जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सरकारबाट भुक्तानी नभएपछि आन्दोलनको तयारीमा निर्माण व्यवसायी

सरकारबाट भुक्तानी नभएपछि आन्दोलनको तयारीमा निर्माण व्यवसायी

सरकारले चालु आर्थिक वर्ष सकिनेबेलासम्म पनि भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन् ।  विहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा हुँदै अर्थ मन्त्रालयका कर्मचारीका कारण व्यवसायीहरूको भुक्तानी नभएको संघको आरोप छ ।

निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएपछि निर्माण उद्योगमा विकराल समस्या देखिएकाले आन्दोलनको तयारीमा जुटेकाे जानकारी दिएका छन् । महासंघका अध्यक्ष रवि सिंहले अस्थिर सरकारको मार निर्माण उद्योगले खेप्नु परेको बताए। उनले भने,‘ भुक्तानी नदिने कार्यालयमा अब क्रमशः तालाबन्दी सहित अन्य अवरोध सिर्जना गरिन्छ ।’

बजेट कार्यान्वयनमा रहेको परम्परागत प्रणाली अन्त्य नभएसम्म निर्माण उद्योगको समस्या समाधान नहुने ठोकुवा उनको भनाई छ ।

2080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका