जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको नाफा सवा ७ अर्ब

ग्लोबल आइएमई बैंकको नाफा सवा ७ अर्ब

गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आउँदा नाफा बढेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ५२.४९ प्रतिशतले बढेर १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने क्षमता बैंकको ८.२६ प्रतिशत रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख ६० हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ।

प्रतिसेयर आम्दानी ३० रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ ।

1010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?