जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनआईबीएल इक्विटी पार्टनर्स र डेलिज डेरिजबीच सम्झौता, साढे ९ करोड लगानी गर्ने

एनआईबीएल इक्विटी पार्टनर्स र डेलिज डेरिजबीच सम्झौता, साढे ९ करोड लगानी गर्ने

एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने भएको छ। एनआईबीएल इक्विटीले डेरिजमा ९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ।

एनआईबीएल इक्विटी एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो भने डेलिस डेरिज दुग्धजन्य प्रडक्ट उत्पादक कम्पनी हो।

एनआईबीएल इक्विटी पार्टनर्सको लगानीपछि दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने लक्ष्यमा थप उर्जा मिलेको डेलिज डेरिजको भनाइ छ।

एनआईएमबी एस क्यापिटलका सीइओ शिवान्तबहादुर पाँडेले यस लगानीले रोजगारी सिर्जना र आर्थिक विकासमा सहयोग पुग्ने बताए।

डेलिज डेरिजका सीइओ सन्दीप पौडेलले एनआईबीएल इक्विटीसँगको साझेदारीले डेलिसलाई प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।

एनआईबीएलसँगको लगानी साझेदारीपछि चितवनमा रहेको आफ्नो कारखानामा मेसिनरी थपेर उत्पादन बढाउने कम्पनीले जनाएको छ।

हाल१० हजार लिटर प्रति दिन क्षमता रहेकामा त्यसलाई बढाइ बजार विस्तार गर्ने कम्पनीको भनाइ छ।

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका