जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सवारी साधन सम्बन्धी नीतिमा परिवर्तन गरेर विलासीमा होइन आवश्यकतामा राखिनुपर्छ: चन्द्र ढकाल

सवारी साधन सम्बन्धी नीतिमा परिवर्तन गरेर विलासीमा होइन आवश्यकतामा राखिनुपर्छ: चन्द्र ढकाल

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल सम्बन्धी नीतिमा परिभाषा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नीति बनाउनेहरुको परिभाषामा अटो मोबाइललाई विलासीमा राखिएको भन्दै यसलाई विलासी नभई आवश्यकतामा राख्नु पर्ने उनको भनाइ छ ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले सवारी साधनलाई विलासी भन्ने सोच पुरातन भएकोले यसलाई फेर्नुपर्ने बताए ।

‘नीति बनाउनेहरुको सोचमा अटो मोबाइल लक्जरी भन्ने छ । यो पुरातन सोच हो । यो सोचलाई फेर्नु पर्छ,’ उनले भने, ‘अटो मोबाइल आवश्यकता हो।’

बैंक तथा वित्तीय संस्थाको ऋण दिने व्यवस्थामा पनि अटो क्षेत्रलाई लक्जरी मानिएकोले यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

विद्युतीय सवारीका लागि चार्जिङदेखि अन्य पूर्वाधारमा ध्यान दिनुपर्ने बताए।

अटो मोबाइलको पार्ट्स चोरीबाट आयात भइरहेको भन्दै ढकालले यसलाई औपचारिक रुपमा आउने गरि बनाउनु पर्ने बताए।

2555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका