जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • नेपाली सेनाको प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त

राष्ट्रपतिले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त गरेका छन्। उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् ।राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

साउन २४ गतेदेखि नै वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसेका छन् । सिग्देल अब २०८४ भदौ २४ गते सम्म प्रधानसेनापति रहने छन् ।करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । 

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका