जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सानिमा बैंकद्धारा दिर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान

सानिमा बैंकद्धारा दिर्घायु बचत योजना अन्तर्गत १० लाख प्रदान

सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो ।

बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंकको अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका हुन् । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटिएम संचालनमा रहेका छन् ।

7010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका