जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफले भुक्तानी गर्यो १ करोड रुपैयाँ मृत्यु दावी रकम

सिटिजन लाइफले भुक्तानी गर्यो १ करोड रुपैयाँ मृत्यु दावी रकम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका मृतक बीमित कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन शुभारम्भ बीमा योजना अन्तर्गत ५ महिनाअघि (गत असार ३१ गते) बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । ५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम ५० लाख र किरिया खर्च बापतको ५० हजार गरि एकमुष्ठ १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले बताइन् ।

उनका अनुसार, २० बर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक बर्ष २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गरेका उनले पहिलो किस्ताको रकम मात्रै भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकम बापतको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेको बारे जोड दिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणाको विकास भएको बताउँदै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले बीमितहरुमा नविनतम, र आकर्षक सुविधा सहित आएको बताए ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका